दफा १५
उद्योगको वर्गीकरण
(१) यस ऐनको प्रयोजनको लागि उद्योगहरुलाई देहाय बमोजिम वर्गीकरण गरिएको छः–
(क) लघु उद्यमः देहायको अवस्था भएको उद्योगलाई लघु उद्यम मानिनेछः–
(१) घर जग्गा बाहेक बढीमा पाँच लाख रुपैयाँ सम्मको स्थिर पूँजी रहेको,
(२) उद्यमी स्वयं उद्योगको सञ्चालन र व्यवस्थापनमा संलग्न रहेको,
(३) उद्यमी सहित बढीमा नौ जनासम्म कामदार रहेको,
(४) वार्षिक कारोबार पचास लाख रुपैयाँ भन्दा कम रहेको, र
(५) इन्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा इन्जिन, उपकरण वा मेसिनमा खपत हुने विद्युतीय ऊर्जा, इन्धन वा अन्य तेल इन्जिन क्षमता बीस किलोवाट वा सोभन्दा कम रहेको ।
तर उपखण्ड (१) देखि (५) सम्म जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–१ बमोजिम स्वीकृति लिनुपर्ने उद्योगलाई लघु उद्यम
मानिने छैन ।
(ख) घरेलु उद्योगः देहायको अवस्था भएको उद्योगलाई घरेलु उद्योग मानिनेछः–
(१) परम्परागत सीप र प्रविधिमा आधारित,
(२) श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित,
(३) इन्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा बढीमा दश किलोवाटसम्मको क्षमताको विद्युतीय ऊर्जा प्रयोग गरेको, र
(४) अनुसूची–२ मा उल्लेख भए बमोजिमका उद्योगहरु ।
(ग) साना उद्योगः लघु उद्यम र घरेलु उद्योग बाहेकको दश करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योग,
(घ) मझौला उद्योगः दश करोड रुपैयाँभन्दा बढी पच्चीस करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योग,
(ङ) ठूला उद्योगः पच्चीस करोड रुपैयाँभन्दा बढी स्थिर पूँजी भएको उद्योग ।
(२) उपदफा (१) मा उल्लिखित उद्योगलाई त्यस्ता उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा देहाय बमोजिम वर्गीकरण गरिनेछः–
(क) ऊर्जामूलक उद्योगः ऊर्जा उत्पादन गर्ने व्यवसायमा संलग्न अनुसूची–३ मा उल्लिखित उद्योगहरु ।
(ख) उत्पादनमूलक उद्योगः कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगहरु ।
(ग) कृषि तथा वन पैदावारमा आधारित उद्योगः कृषि वा वन पैदावारमा आधारित कच्चा पदार्थबाट कुनै वस्तु उत्पादन गर्ने वा कृषि वा वन
पैदावारसँग सम्बन्धित अनुसूची–४ मा उल्लिखित उद्योगहरु ।
(घ) खनिज उद्योगः खनिज उत्खनन् वा प्रशोधन गरी कुनै धातु वा धातु बाहेकका खनिज पदार्थ उत्पादन गर्ने उद्योगहरु ।
(ङ) निर्माण उद्योगः भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने अनुसूची–५ मा उल्लेख गरिएका उद्योगहरु ।
(च) पर्यटन उद्योगः पर्यटन सेवासँग सम्बन्धित अनुसूची–६ मा उल्लिखित उद्योगहरु ।
(छ) सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगः सूचना सङ्कलन, प्रशोधन र प्रसारणका लागि प्रविधि प्रयोग गरी सूचना, सञ्चार वा सूचना प्रविधिको सेवा उपलब्ध गराउने अनुसूची–७ मा उल्लिखित उद्योगहरु ।
(ज) सेवामूलक उद्योगः सेवा उत्पादन वा प्रदान गर्ने अनुसूची–८ मा उल्लिखित उद्योगहरु ।
(३) कुनै उद्योगले उपदफा (१) मा उल्लेख भए बमोजिमको आफ्नो स्थिर पूँजी परिवर्तन वा हेरफेर गर्न चाहेमा उद्योग दर्ता गर्ने निकाय समक्ष तोकिए बमोजिम निवेदन दिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा उद्योग दर्ता गर्ने निकायले त्यस्तो उद्योगको स्थिर पूँजी परिवर्तन वा हेरफेर गर्न सक्नेछ।
(५) उपदफा (४) बमोजिम उद्योगको स्थिर पूँजी परिवर्तन वा हेरफेर भएमा त्यस्तो उद्योग स्थिर पूँजी परिवर्तन वा हेरफेर भई कायम भए अनुसार उपदफा (१) बमोजिमको जुन वर्गमा पर्ने हो सोही वर्गमा वर्गीकृत भएको मानिनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै उद्योगलाई उद्योगको वर्गीकरणमा समावेश गर्न सक्नेछ ।